शिक्षण एउटा आदर्श र वौद्धिक पेशा हो । शिक्षण गर्नु पूर्व शिक्षणका विषयवस्तु सम्बन्धी ज्ञान, शिक्षणका सीप तथा शैली, योजना निर्माण, मूल्यांकनका तरिका जान्नु अपरिहार्य हुन्छ । शिक्षक तालिम भन्नाले प्रभावकारी र दक्षतापुर्ण किसिमले शिक्षण सिकाइ गर्न आवश्यक पर्ने ज्ञान, सीप, अभिवृत्ति लगायत शैक्षिक नीति निर्माण, शैक्षिक सामग्री पहिचान, निर्माण र प्रयोग जस्ता विषय सम्बन्धी प्रशिक्षण हो ।
बुटवल पब्लिक स्कुलद्वारा २०८० जेष्ठ ६ गते Palm International Hotel, बुटवलमा आयोजित कार्यक्रममा
प्रशिक्षक श्री अभिषेक घिमिरेले सम्पुर्ण शिक्षकहरुलाई प्रशिक्षण गर्नुभयो।
प्रशिक्षक श्री घिमिरेज्यु प्रती हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
अध्यक्ष
बुटवल पब्लिक स्कुल