Happy Father's Day 2083


​बुवाप्रतिको यही अगाध श्रद्धा, सम्मान र समर्पणलाई आत्मसात् गर्दै बुटवल पब्लिक स्कुलले वि.सं. २०८३ भदौ २७ गते कक्षा ५ का विद्यार्थीहरूका आदरणीय बाबाहरुको गरिमामय उपस्थितिमा "कुशे औंशी तथा बुवाको मुख हेर्ने पर्व" भव्य र भावुक वातावरणमा सम्पन्न गरेको छ।

​विद्यालयका आदरणीय अध्यक्षज्यूको प्रमुख आतिथ्यता तथा शैक्षिक सल्लाहाकार डा. मिन प्रसाद खनालज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त विशेष कार्यक्रममा कक्षा ५ का सम्पूर्ण प्यारा विद्यार्थीहरूले आफ्ना पूजनीय बुवाहरूलाई टोपी, खदा र मिठासपूर्ण मिठाई खुवाई आदर र माया व्यक्त गरेका थिए। आफ्ना बालबालिकाहरूको हातबाट पाएको यो साँचो सम्मान र स्नेहले उपस्थित सम्पूर्ण अभिभावकहरूका आँखा रसाएका थिए भने वातावरण अति नै भावुक र आत्मीय बनेको थियो।

​आफ्नो पसिना बगाएर हाम्रा सपनाहरूलाई उडान दिने सम्पूर्ण बुवाहरूको सुस्वास्थ्य, दीर्घायु र सदैव मुस्कानको कामना गर्दछौँ।

​"बुवा, हजुर हुनुहुन्छ र त यो संसार उज्यालो छ।"

​बाबाको मुख हेर्ने पर्व (कुशे औंसी) को अवसरमा समस्त बुवाहरूमा बुटवल पब्लिक स्कुल परिवारको तर्फबाट हार्दिक नमन् तथा शुभकामना!