Educational Trip Day (6-7)


नेपाली स्वाभिमान, अदम्य साहस र इतिहासको अमूल्य धरोहरका रूपमा रहेको जीतगढीको प्रत्यक्ष अवलोकन गर्दा विद्यार्थीहरूमा वीर पुर्खाप्रतिको सम्मान र गौरवको अनुभूति छाएको थियो। कक्षाकोठाका पानाहरूमा सीमित रहने ऐतिहासिक तथ्यहरूलाई आँखै अगाडि साक्षी राखेर स्पर्श गर्दा उनीहरूको सिकाइ थप जीवन्त, फराकिलो र अर्थपूर्ण बनेको छ।

प्रकृतिको काख र इतिहासको आँगनमा उभिएर प्राप्त गरेको यो जीवन्त ज्ञानले हाम्रा बालबालिकाहरूमा जिज्ञासा, अन्वेषण र आफ्नो संस्कृति तथा इतिहासप्रतिको अगाध प्रेमलाई अझ गाढा बनाएको हामीले विश्वास लिएका छौँ।