Educational Trip 3


​भ्रमणका क्रममा विद्यार्थीहरूले अस्पतालको कार्यप्रणाली, स्वास्थ्य सेवा तथा उपचार प्रक्रियाका बारेमा प्रत्यक्ष जानकारी हासिल गरे। साथै, सामाजिक सेवा र उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै विद्यार्थीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई जुस, बिस्कुट तथा कम्प्लेन (Complan) वितरण गरी उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

​विद्यार्थीहरूमा सहानुभूति, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने लुम्बिनी प्रादेशिक अस्पताल व्यवस्थापन पक्ष, आदरणीय शिक्षक-शिक्षिका तथा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक धन्यवाद!